शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

बल्खुस्थित सुकुमवासी बस्तीका राई मृत फेला

अभिभावकहरुलाई गाँसबासको, केटाकेटीलाई साथीको चिन्ता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ वैशाख, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, वैशाख १८ :

बल्खुस्थित सुकुमवासी बस्तीका ६१ वर्षका इन्द्रबहादुर राई  मृत फेला परेका छन् । आज दिउँसो उनको शव बागमती नदीमा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जागरण टोलका उनी आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका थिए । मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताइन् ।

काठमाडौंका खोला किनारका अतिक्रमित बस्ती हटाउने क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाएको छ ।  बाक्लो सुरक्षा घेराकाबीच डोजर चलाएर धमाधम अतिक्रमित बस्ती भत्काइएको छ । वर्षौंदेखि बस्दै आएको भवनमा डोजर चलेपछि त्यहाँका अधिकांश मानिसहरु विक्षिप्त भएका छन् ।

सुकुमवासी बस्ती हटाउँदा नम्बरी जग्गाधनी त्रसित, घरमै टाँसे लालपूर्जाको प्रतिलिपि

सुकुम्बासी बस्तीका अभिभावकहरुलाई अब कसरी गाँसबासको जोहो गर्ने ध्याउन्न हुँदा केटाकेटीलाई भने आफ्नो टोलका साथीहरु अब कहाँ भेटिएलान् भन्ने चिन्ता छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार