सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सिफारिस

८ वटा अध्यादेश जारी भएपछि संसद् बैठक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
काठमाडौं, वैशाख २२ :

सरकारले वैशाख २८ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वानको सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले  अधिवेशन आह्वानको सिफारिसको बारेमा सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । यसअघि आह्वान भइसकेको संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्थगित गरेका थिए । संसद् बैठक रोकेर सरकारले धमाधम अध्यादेश जारी गरेको भन्दै त्यसको चौतर्फी आलोचना भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार