भक्तपुर, कात्तिक ७ :
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन् । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने सन्देश दिए ।
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त