शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

यु–१९ एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
यु–१९ एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौं, कात्तिक ७ :

आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ ।

नेपालको प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं छन् ।

यस्तै, दर्श सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल दङ्गाल, राहुल हक, दीपक सेमेला र रोशन शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार