आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार प्रदेश बागमती प्रदेश

बीपी राजमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक

साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
बीपी राजमार्गमा आजदेखि रातिमा गाडी चलाउन रोक
फाइल तस्बिर ।
काभ्रे, वैशाख २२ :

बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। मंगलबार बसेको काभ्रेपलाञ्चोक जिल्ला सुरक्षा समितिको बैठकले आजैदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारी सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार भकुण्डेबेँसी–खुर्कोट सडक खण्डमा राति पूर्ण रूपमा यातायात बन्द रहनेछ। यात्रु तथा सवारी सुरक्षालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको हो।

समितिले वर्षा, रोशी खोलामा आउन सक्ने बाढी र प्रतिकूल मौसमको अवस्था हेरी आवश्यक परे तोकिएको समयबाहेक पनि सडक अस्थायी रूपमा बन्द गर्न सकिने जनाएको छ।

सोमबारको घटनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन तथा काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयका आधारमा निर्णय गरिएको हो। निर्माणाधीन बीपी राजमार्ग वर्षाका कारण चालु आर्थिक वर्षमा दर्जनौँ पटक अवरुद्ध भइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार