मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार अर्थतन्त्र

अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ वैशाख, २०८३ मा प्रकाशित
अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
काठमाडौं, वैशाख २३ :

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्ष भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले कार्यभार सम्हालेका छन् अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार