आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार प्रदेश बागमती प्रदेश

बीपी राजमार्ग पुनः बन्द, यात्रुलाई सकस

वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
बीपी राजमार्ग पुनः बन्द, यात्रुलाई सकस
काठमाडौं, वैशाख २४ :

सञ्चालन भएको केही घण्टामै बीपी राजमार्ग पुनः बन्द भएको छ। अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि सुरक्षाको दृष्टिले राजमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बाढीका कारण बीपी राजमार्ग क्षतिग्रस्त बनेको छ । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायले मर्मत तथा डाइभर्सन निर्माणको काम गरिरहेका छन्।

प्रहरीका अनुसार खोलामा पानीको सतह घटेपछि मात्रै पुनः सवारी सञ्चालन गर्नेबारे निर्णय गरिनेछ। जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने मुख्य सडकका रूपमा रहेको बीपी राजमार्ग वर्षायाम सुरु भएसँगै पटक–पटक प्रभावित हुँदै आएको छ। गत वर्षको बाढीले समेत यस राजमार्गको विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार