शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

बुटवलमा सुकुम्वासीको प्रदर्शन : डोजर आतंक बन्द गरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
बुटवलमा सुकुम्वासीको प्रदर्शन : डोजर आतंक बन्द गरियोस्
बुटवल, वैशाख २४ :

भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ । 

राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले हाम्रो कर बैध, हाम्रो मत बैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नारावाजी गरेका थिए । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले कर र मत दिने नागरिकलाई अवैध बनाउने कार्य वर्तमान सरकारले गरेको बताए । उनले आफूहरुलाई अवैध भने वालेन सरकार पनि बैध हुन नसक्ने जिकिर गरे । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीमाथि डोजर चलाउन मत नदिएको भन्दै उनले आफूहरुको विषयमा गम्भीर हुन माग गरे ।

त्यस्तै संघर्ष समितिका संयोजक खड्क बहादुर पौडेलले संघीय सरकारको निर्देशनमा रुपन्देहीमा सुकुम्वासी र अव्यवस्थित बस्ती खाली गराउन लागिएकोप्रति आपत्ति जनाए । उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी संघर्ष समितिले दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार