काठमाडौं, वैशाख २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज  सचिवालय बैठक आव्हान गरेको छ ।

बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय,घन्टीघर वनस्थलीमा बस्ने सो पार्टीले जनाएको  छ ।

बैठकमा  पार्टीको भेला,अधिवेशन विशेष तालिकाबारे  छलफल हुने बताइएको छ । यसैगरी पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुनेछ ।

रास्वपाले जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरेको छ । यस्तै अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।