मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
राजनीति

प्रचण्ड भन्छन्- सच्चा कम्युनिस्टबीच एकताको आवश्यकता झन् बढ्यो

विगतका एकता प्रयास दिगो र सफल हुन नसकेको स्वीकार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ वैशाख, २०८३ मा प्रकाशित
प्रचण्ड भन्छन्-  सच्चा कम्युनिस्टबीच एकताको आवश्यकता झन् बढ्यो
काठमाडौं, वैशाख २७ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता अहिले झन् बढेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट आन्दोलन बहस, विभाजन र एकताको प्रक्रियाबाट अघि बढिरहेको बताए।

उनले नेपालमा श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूलाई नयाँ ढंगले एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै विगतका कमजोरीहरूको समीक्षा गरेर आन्दोलनलाई विचार, राजनीति र संगठनका आधारमा अघि बढाउनुपर्ने बताए।

प्रचण्डले देशमा साम्राज्यवादी हस्तक्षेप बढेको दाबी गर्दै गत निर्वाचनमा कम्युनिस्टहरूलाई कमजोर पार्ने खेल भएको संकेत गरे। त्यस्ता गतिविधिबारे सत्य अझै पूर्ण रूपमा बाहिर नआएको उनको भनाइ थियो।

उनले नेपाली जनताले कम्युनिस्टहरूबीच एकता चाहेको उल्लेख गर्दै विगतका एकता प्रयास दिगो र सफल हुन नसकेको स्वीकार गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार