मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार बागमती प्रदेश

पीडाको बेला सरकारसँगै छ भन्ने अनुभूति दिने गरी काम गर्छौँ- गृहमन्त्री लेखक

· सोमबार, २२ असोज, २०८१ मा प्रकाशित
पीडाको बेला सरकारसँगै छ भन्ने अनुभूति दिने गरी काम गर्छौँ- गृहमन्त्री लेखक
काभ्रे, असोज २२ :

काभ्रे- गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट प्रतिभावितहरुको विवरण छिटोभन्दा छिटो संकलन गर्न स्थानीय निकायका प्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ।

बाढी पहिरोबाट प्रभावित काभ्रेको पनौती नगरपालिका-१२ स्थित कलाँती र बेथानचोक गाउँपालिकाको- ४ स्थित चलालगणेशस्थानको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले बाढी पहिरोबाट प्रतिभावितहरुको लाभग्राही सूची तयार गर्न आग्रह गर्नुभएको हो । 
 

बाढी र पहिरोमा परेर बासस्थान नभएका ५ जनासम्मको परिवारलाई १५ हजार, ५ जनाभन्दा माथिका परिवारलाई २० हजार रुपैँया सरकारले तत्कालै वितरण गर्ने जानकारी  पनि गृहमन्त्री लेखकले दिनुभयो ।

 प्राकृतिक विपतिका कारण काभ्रेमा मानवीय एंव भौतिक क्षति धेरै भएकोमा दुःख व्यक्त गर्दै मन्त्री लेखकले जनताको पीडामा छ सरकारसँगै भएको अनुभूति दिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

 सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम गर्ने र  त्यसपछि सडक, सञ्चार, बिजुली, दूरसञ्चार, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा काम गर्ने जानकारी पनि मन्त्री लेखकले दिनुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार