बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार प्रदेश गण्डकी प्रदेश

कोरला सडकमा पाँच वटा पुल निर्माण गरिने

पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ जेठ, २०८३ मा प्रकाशित
कोरला सडकमा पाँच वटा पुल निर्माण गरिने
मुस्ताङ, जेठ १ :

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि  ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ ।

मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो । कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । 

आयोजनाका अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना, थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान, थासाङ गाउँबपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो । पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने प्रमुख शर्माले उल्लेख गरे।

उत्तर/दक्षिण जोड्ने कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार