शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश लुम्बिनी प्रदेश

विकल्पबिना सुकुम्वासी बस्ती हटाइएको भन्दै बुटवलमा देशभरका भूमिहीनको प्रदर्शन

तराईका २२ जिल्लाबाट आएका हजारौँ सुकुम्वासीको सहभागिता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
विकल्पबिना सुकुम्वासी बस्ती हटाइएको भन्दै बुटवलमा देशभरका भूमिहीनको प्रदर्शन
बुटवल, जेठ ३ :

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने अभियान सुरु गरेको सरकारले अब बाहिरी जिल्लामा पनि सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन थालेको छ। यसक्रममा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको जनाएको छ।

बाँके जिल्लामै ५३ हजार ७०० भन्दा बढी परिवार सुकुम्वासी रहेको तथ्यांक सार्वजनिक भइरहेका बेला उचित विकल्प र दीर्घकालीन व्यवस्थाबिना वर्षौंदेखि बसोवास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई विस्थापित गर्न नहुने माग गर्दै देशभरका सुकुम्वासीले बुटवलमा बृहत् प्रदर्शन गरेका छन्।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट सुरु गरेको विरोध र्‍याली मिलनचोक, बसपार्क र पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा विशेषगरी तराईका २२ जिल्लाबाट आएका हजारौँ सुकुम्वासीको सहभागिता रहेको जनाइएको छ।

यता, सुकुम्वासी आयोग विघटन भएपछि पुर्जा वितरण, नापजाँच तथा राजस्व सङ्कलनलगायतका काम ठप्प हुँदा भूमिहीन तथा अव्यवस्थित बसोबासी थप अन्योलमा परेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार