मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

रातो मच्छिन्द्रनाथको हिटीमङ्ग कसले चोर्यो?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं, जेठ ४ :

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरुले सडक मार्गलाई सुरक्षित बनाउनपर्नेदेखि रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

यस्तै सांसद गङ्गालक्ष्मी अवालेले ललितपुरमा सहकालका देवता रातो मच्छिन्द्रनाथ रथको दायाँबायाँ राखिने कर्कट नागको करिब ९० केजीको तामामाथि सुनको जलप लगाएको हिटीमङ्ग हराएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

बैठकमा सांसद ठाकुरसिंह थारु यही जेठ १ गते बर्दियाको बबई नदीमा लठवा मसान घाटको एकातिर लास जलाइरहेको र अर्कोतिर डोजर चलाइरहेका विषयबारे सरकारको ध्यानाकर्षण गराए। उनले दाहसंस्कार गर्दा बस्ने भवन भत्काउन आदेश दिने वनका कर्मचारीलाई कारबाहीको माग गरे ।

सांसद खुस्बु ओलीले नेपालबाट कुवेत गएकी शर्मिला दर्जी अलपत्र अवस्थामा परेको उल्लेख गर्दै दर्जीको तत्काल खोजी गर्न माग गरिन् । सांसद सुनिल केसीले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्ने जिम्मेवारी लिएका कम्पनीहरुले सडक सुरक्षालाई बेवास्ता गर्ने, खाल्डाहरु यत्तिकै छाड्नाले दुर्घटना बढको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद धनेन्द्र कार्कीले बालबालिकाहरुले भोग्नुपरेको दुर्व्यवहारसम्बन्धी घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटना हुन नदिन सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गरे ।

सांसद बलावती शर्माले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने आजको दिन भएका उल्लेख गर्दै उक्त विषयमा ध्यानाकर्षण गराए । सांसद ध्रुवराज राईले अलपत्र परेको सडक, सवारीसाधन र यात्रुहरुको सुरक्षामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुरेशकुमार चौधरीले यही जेठ १ गते राप्ती सुनारी गाउँपालिका-३ मा पर्ने सामुदायिक वनका बाख्रा चराइरहेको अवस्थामा चारजना थारु महिलामाथि १०/११ जनाको समूहमा आएका मानिसहरुले कुटपिट तथा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्न माग गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार