काठमाडौं, जेठ ५ :

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो । 
    
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ । 
    
यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३:१५ बजे बस्दैछ ।