काठमाडौँ, असोज २३ :

यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ मार्ग सुचारु भएको छ।

नेपाली सेनाको सक्रियतामा मार्ग सुचारु सम्भव भएको हो। 

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका- ८ महादेवटार र ललितपुर जिल्ला, बाग्मती गाउँपालिका- २ बगुवास्थित बाग्मती खोलामा रहेको पुलको केही भाग बगाए पश्चात् अवरुद्ध भएको कान्ति लोकपथ मार्गमा सोमबारबाट सवारी आवागमन सुचारु भएको छ। 

उक्त मार्गमा सवारी आवागमन सहज रुपमा सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा कार्य गरिरहेको जनाएको छ।