भक्तपुर, जेठ ८ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बैठक  बस्ने  बताईएको छ ।  

गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी रहेकोले आजको बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा रहेको   छ । यसअघि बसेको बैठकमा प्रस्ताव गरिएको नेताहरूको कार्यविभाजन प्रस्तावलाई आज अन्तिम रूप दिने बताइएको छ ।

त्यसबेलाको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय समेत गरेको थियो ।