काठमाडौं, जेठ ११ :
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ।
शुक्रबारबाट बसेको सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो ।
बैठकले मिति तोकेको छैन । अध्यक्ष र महासचिव बीच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तोकिने सो पार्टीले जनाएको छ।