काठमाडौं, जेठ ११ :

काठमाडौँको बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८२ सालको एसईई पूरा गरेका विद्यार्थीहरूलाई एक समारोहकाबीच अभिनन्दन गरेको छ । 

प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा.वि. बौद्धका १०४ नव अरुणिमा मा.वि. आरुबारीका ४८ र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ३० जना विद्यार्थीहरू गरी जम्मा १८२ जना विद्यार्थीहरू समारोहमा अभिनन्दित भएका थिए । 

समारोहमा उच्चतम जीपीए प्राप्त गर्ने विद्यार्थीहरू अदिती श्रेष्ठ, आयुषा न्यौपाने, तेन्जिला लामा, मानुषी चालिसे र समिप बुढाथोकी (नव अरुणिमा मा.वि., आरुबारी), प्रनभ पौडेल (अरुणिमा शिक्षा सदन मा.वि. महाङ्काल) र रोनिका प्रधान (अरुणिमा मा.वि., बौद्ध) लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन समेत गरिएको थियो । साथै सोही अवसरमा तीनै विद्यालयका विषयगत शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो ।