सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

प्रधानन्यायाधीशले पेसी तोक्ने प्रणालीले न्यायपालिका राजनीतिक प्रभावमा पर्छ : बार अध्यक्ष मिश्र

हटाउने प्रयास भए सशक्त आन्दोलन गर्ने चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ जेठ, २०८३ मा प्रकाशित
प्रधानन्यायाधीशले पेसी तोक्ने प्रणालीले न्यायपालिका राजनीतिक प्रभावमा पर्छ : बार अध्यक्ष मिश्र
काठमाडौं, जेठ ११ :

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था हटाएर प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने प्रणाली लागू गरिए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिन सक्ने बताएका हुन्।

उनले गोलाप्रथा प्रणाली न्यायपालिकाको पारदर्शिता र निष्पक्षतासँग जोडिएको उल्लेख गर्दै उक्त व्यवस्था हटाउने प्रयास भए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए। वर्तमान अवस्थामा न्यायपालिका गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उनले कानून व्यवसायीहरूले यस्तो परिस्थितिमा विवेक र संयमता गुमाउन नहुने बताए।

बार अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाए। संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई अनुकूल व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको आरोप लगाउँदै उनले यसले न्यायपालिकाको स्वतन्त्रतामाथि असर पार्न सक्ने धारणा राखे।

त्यस्तै, उनले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को आरोप लगाउन संगठित रूपमा मानिस परिचालन गरिने गरेको टिप्पणी गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार