आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार प्रदेश बागमती प्रदेश

जापान सरकारबाटै बीपी राजमार्गको पुनर्निर्माण सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ जेठ, २०८३ मा प्रकाशित
जापान सरकारबाटै बीपी राजमार्गको पुनर्निर्माण सुरु
धुलिखेल, जेठ ११ :

बीपी राजमार्गको क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्ने जिम्मा पनि जापान सरकारले नै लिएको छ । जापान सरकारले निर्माण गरेको उक्त सडकको पिप्लेदेखि बर्खेखोला सडक खण्ड पुनर्निर्माण सोमबारदेखि सुरु गरिएको छ।  

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण सुरु भएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

२०८१ सालको बाढीपहिरोका कारण बीपी राजमार्गको पिप्लेदेखि बर्खेखोलासम्मको ३ दशमलव २ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको थियो ।

एक सय ५९ किलोमिटर बीपी राजमार्ग जापानकै २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । यस राजमार्गलाई नमूना राजमार्गको रुपमा चित्रण गर्ने गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार