मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण#एनपीएल#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स #नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस#हेलिकप्टर दुर्घटना#छानबिन सुरु#राजदूत सुधाकर दलेला#राष्ट्रिय योजना आयोगका उपाध्यक्ष#गुणाकर भट्ट#माधव कुमार नेपाल#बृहत्तर कम्युनिष्ट एकता#प्लास्टिकजन्य फूलमाला#बिक्री व्यवस्थापन तथा सहजीकरण#एनपीएल#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स
राजनीति

प्रतिनिधिसभाको बैठक पुन: सुरु, विपक्षीको विरोध कायमै [LIVE]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ जेठ, २०८३ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक पुन: सुरु, विपक्षीको विरोध कायमै [LIVE]
काठमाडौं, जेठ १२ :

विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः सञ्चालन भएको हो ।

बैठक प्रारम्भ हुनासाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले यसअघिको बैठकमा रास्वपा सांसद जगदीश खरेल (ललितपुर)ले प्रयोग गरेको ‘तमासा देखाएको’ भन्ने शब्द असंसदीय भएकाले रेडर्कबाट हटाउन माग गरे ।   सभामुखसँग समय मागेर रास्वपा सांसद खरेलले आफूले प्रयोग गरेको ‘तमासा’भन्ने शब्द संसदीय मर्यादा विपरीत नरहेको स्पष्ट पारे ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुखको आदेश विपरीत आफ्नो पार्टीका सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियमापत्ति गरे ।

सभामुख अर्यालले सांसद सेन्दाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादापालकलाई निर्देशन दिएको स्पष्ट पारे । “उहाँ (सेन्दाङ) लाई बैठकबाट बाहिर निकालिएको होइन,” सभामुख अर्यालले भने ।

 सदनमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै विपक्षी दलहरुले अडान राखेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । सभामुखले सवै पक्षसँग छलफल गरेपछि यो बैठक अगाडि बढाएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार