मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सांसद खरेलको अभिव्यक्तिले विपक्षी आक्रोशित

संसदमा देखिएको अवरोध र गतिविधिले नै अध्यादेश ल्याउनु परेको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ जेठ, २०८३ मा प्रकाशित
सांसद खरेलको अभिव्यक्तिले विपक्षी आक्रोशित
काठमाडौं, जेठ १२ :

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पर्यटन विधेयकमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत भइरहेका बेला सांसद जगदीश खरेलले दिएको अभिव्यक्तिले विपक्षी दलका सांसद आक्रोशित बनेका छन्।

छलफलका क्रममा सांसद खरेलले विपक्षी दलका सांसदहरूले सदनमा ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए। उनले सरकारले अध्यादेश ल्याउनुपरेको कारण पनि संसदमा देखिएको अवरोध र गतिविधि भएको दाबी गरे।

उनले संविधान जारी भएपछि बन्नुपर्ने केही ऐन तथा कानुनहरू संसदको निरन्तर अवरोधका कारण बन्न नसकेको टिप्पणीसमेत गरे। साथै, संसदबाट कानुन निर्माण गर्ने प्रक्रियालाई कसैले रोक्न नहुने धारणा व्यक्त गरे।

सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी सांसदहरूले विरोध जनाउँदै बैठकमा नाराबाजी गरेका थिए। त्यसपछि सभामुख डीपी अर्यालले छलफलबीचमै बैठक स्थगित गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार