शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार अर्थतन्त्र

आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान

बागमती र गण्डकी बाहेक अन्य प्रदेशकोऔसतभन्दा न्यून रहने अनुमान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान
काठमाडौं, जेठ १३ :

सरकारले चालू आर्थिक वर्षमा मुलुकको समग्र आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्व लगाएत प्रतिकूल विश्व परिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताए। उनले प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान रहेको उल्लेख गरे ।

चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ प्रतिशत र ७६ प्रतिशत रहने अनुमान रहेको अर्थमन्त्री वाग्लले जानकारी दिए । उनले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व ३ दशमवल २ प्रतिशतले बढेको उल्लेख गरे । यस अवधिमा संघीय खर्च १० दशमलव ४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन नरहेको उनले जानकारी दिए ।

त्यसैगरी उनले यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी रु तीन अर्ब सार्वजनिक ऋण परिचालन गरेको र सरकारको वित्त सन्तुलन रु ५८ अर्ब र प्राथमिक सन्तुलन रु ८ अर्ब घाटामा रहेको तथ्याङ्क प्रस्तुत गरे । २०८२ फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब अर्थात् कुल ग्राहस्थ उत्पादनको ४३ दशमलव ६ प्रतिशत पुगेको उनले बताए । साथै यस अवधिमा व्यापार घाटा ११ दशमलव २ प्रतिशतले बढेर रु १० खर्ब ९८ अर्ब र विप्रेषण आप्रवाह ३७ दशमलव ७ प्रतिशतले बढेर रु १४ खर्ब ५० अर्ब पुगेको उनले जानकारी दिए ।  अर्थमन्त्री वाग्लेले शोधनान्तर स्थिति रु ६ खर्ब ५८ अर्ब र चालू खाता रु पाँच खर्ब ५३ अर्ब बचतमा रहेको, विदेशी विनिमय सञ्चिति रु ३४ खर्ब १४ अर्बसहित १८ दशमलव ५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुनेगरी ऐतिहासिक उच्च बिन्दुमा पुगेको जानकारी दिए ।


वार्षिक बिन्दुगत आधारमा २०८२ फागुनसम्म बैङ्क तथा वित्तीय क्षेत्रको निक्षेप १५ दशमलव एक प्रतिशतले बढेको छ भने बैङ्किङ क्षेत्रमा रहेको पर्याप्त तरलताको बाबजुद निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर छ दशमलव सात प्रतिशत मात्र रहेको मन्त्री वाल्लेले बताए । बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक रहेपनि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिमजस्ता चुनौती विद्यमान नै रहेको उनको भनाइ छ । उनले आर्थिक, सामाजिक क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत एवं सुदृढ बनाउँदै लैजान सरकार अग्रसर रहेको भन्दै आर्थिक सर्वेक्षणले औँल्याएका विषयलाई सरकारले बजेट तथा कार्यक्रम र क्षेत्रगत नीतिमार्फत सम्बोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार