काठमाडौं, जेठ १४ :

नेपाली राष्ट्रिय महिला भलिबल टोली काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। बिहीबार भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान फाइनलमा पुगेको छ। प्रतियोगितमा इरान एक सेट पनि पराजित भएको छैन ।

राष्ट्रिय खेलकुद परिषदको बहुउदेश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। पहिलो सेटको सुरुवातमा नेपालले इरानमाथि केही दबाब बनाए पनि दोस्रो सेटमा केही कमजोर देखिएको नेपाली टोली तेस्रो सेटमा इरानसामु निरीह बन्न पुग्यो। नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ।