सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन सिफारिस आह्वान

सक्रिय न्युज · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन सिफारिस आह्वान
काठमाडौं, जेठ १५ :

 परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन सिफारिसका लागि आह्वान गरेको छ ।

मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि मन्त्रालयले राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त सिफारिस आह्वान गरेको हो । मन्त्रालयको सूचनाअनुसार यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्तबमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ । सम्भावित उम्मेदवारहरूको आवेदन सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरण लगायतका कागजातहरू पेस गर्नुपर्नेछ वा मन्त्रालयले दिएको इमेल ठेगानामा सम्पर्क पनि गर्न सकिने सूचनामा उल्लेख छ ।

दरखास्त सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ भने रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ ।

त्यसैगरी, मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ गर्नेछ र ‘सर्टलिस्ट’मा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार