काठमाडौं, जेठ १७ :
प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । कांग्रेस सांसद अर्जुननरसिंह कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले शाहले मानव अधिकार आयोगको मात्र नभई नेपाल सरकारलाई बुझाएको सबै प्रतिवेदन अध्ययनको चरणमा रहेको र कार्यान्वयन गर्ने बताए ।
उनले आयोगका धेरै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने रहेको र भदौ २३ र २४ को जेन-जी आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने बताए । ती सबै प्रतिवेदन नेपाल सरकारले अध्ययन गर्छ,’ उनले भने, ‘एकमुष्ट रूपमा अध्ययन गरेर गर्नुपर्ने काम कारबाहीहरू त्यही रूपमा गर्छ । ’
मानवअधिकार आयोगको प्रतिवेदन अहिलेसम्म सरकारसमक्ष आइनसकेको प्रधानमन्त्री शाहले बताए । अध्ययन समितिले अध्ययन गरेले आएको रिपोर्ट सरकारले सार्वजनिक गर्ने उनको भनाइछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने