
काठमाडौं, जेठ १९ :
५ दिने भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नविन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन्। सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो भारत गएका हुन् ।