काठमाडौं, जेठ १९ :

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेबाट बस्दैछ ।

आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ  ।

यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।

यता नेपाल–भारत सीमालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान छ । संसद खुलाउने बिषयमा कुनै सहमति नभएकोले आजको संसदको बैठक पनि चल्ने सम्भावना कम छ ।