शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

प्रधानमन्त्रीको हाजिरी विवरण सार्वजनिक गर्न हर्क साम्पाङको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको हाजिरी विवरण सार्वजनिक गर्न हर्क साम्पाङको माग
काठमाडौं, जेठ १९ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको हाजिरी विवरण सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले संसद् नियमावलीको नियम ४(१) अनुसार प्रत्येक सदस्यले बैठकमा उपस्थित भई हाजिरी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हालसम्मका बैठकहरूमा कति पटक सहभागिता जनाए र कति पटक हाजिरी गरेका छन् भन्ने विवरण उपलब्ध गराउन अभिलेख शाखालाई निर्देशन दिन सभामुखसमक्ष आग्रह गरे।

साम्पाङले प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग पनि गरे। उनले देशको सीमा, अखण्डता र सार्वभौमसत्ताजस्ता विषय पार्टी, जाति, धर्म वा वर्गभन्दा माथिका राष्ट्रिय मुद्दा भएकाले यसमा सत्ता र प्रतिपक्षबीच कुनै विभाजन हुन नसक्ने बताए।

उनले नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालका कुन–कुन क्षेत्रमा भारतीय अतिक्रमण भएको छ भन्ने विषय प्रधानमन्त्रीले संसद्मा आएर प्रमाणसहित स्पष्ट पार्नुपर्ने धारणा राखे। तथ्य र प्रमाणबिना सरकारले यस्ता विषयमा  अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्रीको भनाइ पुष्टि हुन नसके तीन करोड नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे। साम्पाङले राष्ट्रिय हितका विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार