सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

ओलीको आरोप : चुनावको परिणाम पहिले नै निर्धारित थियो, अरू पार्टीहरूले साँच्चिकै चुनाव हुँदैछ भन्ने ठाने

वर्तमान सत्ता र राजनीतिक अवस्था पनि लामो समय नटिक्ने जिकिर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
ओलीको आरोप : चुनावको परिणाम पहिले नै निर्धारित थियो, अरू पार्टीहरूले साँच्चिकै चुनाव हुँदैछ भन्ने ठाने
काठमाडौं, जेठ २० :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न निर्वाचनलाई एक 'तमासा' र 'नाटक' को संज्ञा दिएका छन् । निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावको परिणाम पहिले नै निर्धारित गरिएको दाबी गरे ।

सम्बोधनका क्रममा ओलीले भने, “चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो । यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो पार्टीले यो कुरा पहिले नै बुझेको थियो, तर अरू पार्टीहरूले भने साँच्चिकै चुनाव हुँदैछ भन्ने ठाने ।”

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो स्थानमा खुम्चिएको थियो । चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले निर्वाचनमा प्रयोग गरिएको मसीमाथि समेत शङ्का व्यक्त गरे। उनले यो गम्भीर छानबिनको विषय हुनुपर्ने माग समेत गरेका छन् ।

अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई 'अराजकतन्त्र' को संज्ञा दिँदै राज्य संयन्त्रमा रहेका निकाय र व्यक्तिहरूलाई संयमित हुन चेतावनी दिएका छन् । समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै उनले राज्य शक्तिमा रहेकाहरूलाई उत्ताउलो नबन्न आग्रह गरे । साथै अध्यक्ष ओलीले वर्तमान सत्ता र राजनीतिक अवस्था पनि लामो समय नटिक्ने जिकिर गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार