शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश मधेस प्रदेश

लहानका दलित सुकुम्वासी परिवारलाई नगरपालिकाद्वारा घर हस्तान्तरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
लहानका दलित सुकुम्वासी परिवारलाई नगरपालिकाद्वारा घर हस्तान्तरण
लहान, जेठ २० :

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले १६ दलित सुकुम्वासी परिवारलाई पक्की घर हस्तान्तरण गरेका छन् । लहान-२१ बेतहा गाउँका १६ दलित सुकुमवासी परिवारलाई नगरप्रमुख चौधरीले बुधबार पक्की घर हस्तान्तरण गरेका हुन् । नगरपालिकाले केही दिनअघि नगरभित्र रहेका ४४ दलित सुकुमवासी परिवारलाई यस्तै घर हस्तान्तरण गरिसकेको छ ।

घर पाउनेमा अति विपन्न मानिने मुसहर, रामलगायतका समुदायका रहेको लहान नगरपालिकाले जनाएको छ । यसअघि फुसको घरमा बस्दै आएका उनीहरु पक्की घरमा बस्न पाएपछि दंग परेका छन् । नगरपालिका र हेविटेट फर ह्युम्यानिटी नेपालको संयुक्त लगानीमा ती घरुहरु निर्माण गरिएका हुन् ।  २ वटा बस्ने कोठा र एउटा भान्सा कोठा रहेका यी घरहरुको आयु ३० वर्षभन्दा बढी हुनेछ । 

काठमाडौं लगायतका देशका विभिन्न स्थानमा सुकुम्वासीलाई हटाइरहँदा लहानमा भने स्थानीय सरकारले संरक्षण गर्दै उनीहरुका लागि घर हस्तान्तरण गरे मानवीय कार्य गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार