काठमाडौं, जेठ २१ :

सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थितसवारी शाखामा भएको आगलागीको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले काम सुरु गरिसकेको  सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जनाकारी दिए ।

बुधबार राति सवारी शाखामा आगलागी भएको थियो । आगलागीबाट केही सवारीहरुमा क्षति पुगेको बताइएको छ ।सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो ।