शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

राधास्वामी सत्संग केन्द्रमा आश्रय लिइरहेका एक सुकुम्वासी युवकको मृत्यु

होल्डिङ सेन्टरमा रहेका उनी जस्तै अरु पनि सरकारी बेवास्ताको सिकार हुनु नपरोस् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ जेठ, २०८३ मा प्रकाशित
राधास्वामी सत्संग केन्द्रमा आश्रय लिइरहेका एक सुकुम्वासी युवकको मृत्यु
काठमाडौं, जेठ २१ :

कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रमा आश्रय लिइरहेका एक सुकुम्वासी युवकको मृत्यु भएको छ । ३६ वर्षीय भेषराज दर्जी नाम गरेका ती सुकुम्वासी युवकको वीर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । तीनकुने गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका उनलाई कीर्तिपुरस्थित राधास्वामी सत्संगमा लगेर राखिएको थियो ।
अस्पतालकाअनुसार उनी वैशाख १८ गते साँझ ७:१५ बजे भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। यसअघि सुकुम्वासी बस्तीका दुई जनाले आत्महत्या गरेका थिए। वर्षौंदेखि बस्दै आएको घर भत्काएको वेदना सहन नसकेर उनीहरुले आत्महत्या गरेका थिए ।

सरकारले आफूहरुलाई व्यवस्थापन नगरेर यातना दिएको विस्थापितहरुको गुनासो छ । यो गर्मी मौसममा सबै जना एकै ठाउँमा कोच्चिएर बस्नु पर्दा उनीहरुलाई ज्यादै सकस भएको छ । गर्मीकै कारण रातभर सुत्न सक्ने अवस्था नभएको पनि उनीहरु बताउँछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार