सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विद्यार्थीको प्रदर्शन

संसद्‍बाट माफी नमागेसम्म विद्यार्थीले आन्दोलन नरोक्ने ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विद्यार्थीको प्रदर्शन
काठमाडौं, जेठ २२ :

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शान लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । त्रिचन्द्रका विद्यार्थी मनोज भण्डारीले नेपालका प्रधानमन्त्रीले संसदमा देशको गरिमा विपरीत सीमा सम्बन्धी अभिव्यक्ति दिएकाले विरोध जनाएको बताए । उनले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार