आगलागी, बाढी र डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धार गर्न मोरङ र सुनसरीको सिमाना विराटनगर वडा नं ५ स्थित केशलिया खोलामा विपद् प्रतिकार्य अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
मनसुनको समयमा बाढी र पहिरोबाट हुन सक्ने जोखिमबाट र्सवसाधारणलाई सुरक्षित गर्ने र जनधनको क्षति हुन नदिन पूर्वाभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल ३ नं गण कंकालिनी मोरङले आयोजना गरेको सो पूर्वाभ्यास कार्यक्रममा सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । अभ्यास कार्यक्रममा आगलागी नियन्त्रण, बाढीमा डुबेकाको उद्धार गरिएको अभ्यास प्रदर्शन गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विपद् प्रतिकार्यका लागि आम जनतालाई सचेत र प्रशिक्षित बनाउनु नै विपद्बाट जोगिने प्रमुख उपाय भएको र उद्धारका प्रक्रिया बारे आफ्ना जनशक्तिलाई तालिम दिईराख्नुपर्ने धारणा व्यक्त गरे।
पूर्वाभ्यास कार्यक्रममा विपद् र उद्धारका क्रममा प्रयोग गरिने उपकरण र आवश्यक सामग्रीहरुको बारे जानकारी गराइएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो