काठमाण्डौँ , असोज २५ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ। 

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा रहेको छ।

स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा छ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।