सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए #तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए
समाचार खेलकुद क्रिकेट

ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

सक्रिय न्युज · आइतबार, २४ जेठ, २०८३ मा प्रकाशित
ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं, जेठ २४ :

नेपाल एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको पहिलो सेमिफाइनलमा ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको छ ।

आजको खेलमा टस जितेर ब्याटिङ रोजेको ओमानको सुरुवात निकै खराब रह्यो।

करण केसीले शुरुवाती दुई विकेट लिएपछि ओमान ३ ओभरमै ९–३ को अवस्थामा पुगेको थियो। मध्यक्रममा सुफ्यान मेहमुदले ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले उल्लेखनीय योगदान दिन सकेनन्। ओमान २० ओभरमा ९४ रनमा अलआउट भयो।

जवाफमा नेपालले आक्रामक सुरुवात गरेको थियो। कुशल भुर्तेलले ८ बलमा २० रन बनाए। दुई ओेपनर आउट भए पनि लोकेश बम र रोहित पौडेलले सहजै लक्ष्य पूरा गरे। लोकेश बामले २६ बलमा ४४ रन (७ चौका र १ छक्का) प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।

नेपालले एशियन गेम्सको मुख्य प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार