कपिलवस्तु, जेठ २४ :

कपिलवस्तु–३ का पूर्वसांसद मंगलप्रसाद गुप्ताको निधन भएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका ८० वर्षीय गुप्ताको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।

एक वर्षअघि मुटुको वाईपास सर्जरी गराएका गुप्ता ‘फलो अप’का लागि ३ साताअघि दिल्ली गएका थिए । एक साताअघि दिल्लीस्थित निवासको शौचालयमा लडेर घाइतेपछि मेदान्त अस्पतालमा उपचार भइरहेको थियो ।

अवस्था सामान्य भएपछि सामान्य वार्डमा राखेर उपचार भइरहेका बेला उनको निधन भएको हो । स्वर्गीय गुप्ताका श्रीमती, दुई छोरी र चार छोरा छन् ।