सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

बढ्दो गर्मीका कारण कोहलपुरका विद्यालय तीनदिन बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
बढ्दो गर्मीका कारण कोहलपुरका विद्यालय तीनदिन बन्द
फाइल तस्बिर ।
काठमाडौं, जेठ २५ :

बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।

“वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ नभए थप दुई दिन बिदा हुन सक्छ,” उनले भने । उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सो  निर्णय गरेको थियो ।

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मिजारले यही जेठ २५ देखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक ३३ र संस्थागत ५० विद्यालयमा नियमित पठनपाठन स्थगन गरिएको बताए ।

मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा गरिएको उनको भनाइ छ । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ दशमलव चार रहेको छ ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ३९ दशमलव दुई र खजुरामा ३८ दशमलव आठ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार