सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप
काठमाडौं, जेठ २५ :

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन-तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन बुझाइसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ । सीआइबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार