काठमाडौं, जेठ २७ :

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको छ । बिहान ११ बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन गरिएको हो । 

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।