भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा रहेका १६ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ।
दिल्लीस्थित नेपाली दूतावासमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरू मंगलबार दिल्ली हुदै नेपाल ल्याईएको हो । बुधबार अपराह्न करिब ४ बजे सीमा नाकामा आइपुगेका उनीहरू महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बासिन्दा हुन्।