सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

संविधान संशोधन कार्यदलद्वारा तीन पूर्वप्रधानमन्त्रीसँग छलफल, के दिए सुझाव?

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भएन छलफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ जेठ, २०८३ मा प्रकाशित
संविधान संशोधन कार्यदलद्वारा तीन पूर्वप्रधानमन्त्रीसँग छलफल, के दिए सुझाव?
काठमाडौं, जेठ २८ :

‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो । सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो । तीनै जना नेकपाका नेताहरु हुन् ।  तर, यो छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली भने सहभागी थिएनन् ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले विभिन्न पक्षसँग छलफल गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार