आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

आरोपित व्यक्तिलाई पुनः गृहमन्त्री बनाएकोमा कांग्रेस सांसद खड्काको आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ जेठ, २०८३ मा प्रकाशित
आरोपित व्यक्तिलाई पुनः गृहमन्त्री बनाएकोमा कांग्रेस सांसद खड्काको आपत्ति
काठमाडौै, जेठ २९ :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले विभिन्न आरोप लागेका सुधन गुरुङ लाई पुनः गृहमन्त्री नियुक्त गरिएको विषयमा सरकारको आलोचना गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्री गुरुङमाथि सम्पत्तिसम्बन्धी लगायतका प्रश्न उठेपछि छानबिनका लागि समिति गठन गरिएको स्मरण गराए। उक्त समितिले गुरुङलाई सफाइ दिएको चर्चा भए पनि प्रतिवेदन सार्वजनिक नगरिकनै पुनः गृहमन्त्री बनाइएको भन्दै उनले असन्तुष्टि जनाए।

खड्काले राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न सिफारिस गरेको उल्लेख गर्दै गुरुङमाथि उठेका प्रश्नहरूबारे स्पष्टता आवश्यक रहेको बताए। उनले सुशासनको नारा दिने सरकारले आफ्ना निकट व्यक्तिलाई संरक्षण र पुरस्कृत गर्ने काम गरिरहेको आरोप लगाए।

“माननीय गृहमन्त्रीमाथि सम्पत्तिलगायतका विषयमा प्रश्न उठेपछि समिति बनाइयो। उक्त समितिले चोख्याएको सुनिन्छ, तर प्रतिवेदन सार्वजनिक नगरिकन फेरि उहाँलाई गृहमन्त्री बनाइयो,” खड्काको भनाइ उद्धृत गर्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।

उनले दोषीमाथि कारबाही गर्नुको सट्टा सरकारले संरक्षण र पुरस्कार दिने प्रवृत्ति देखाएको आरोप लगाउँदै सुशासनको प्रतिबद्धता व्यवहारमा पनि देखिनुपर्ने बताए। सांसद खड्काले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार