मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

बेरुजु फस्र्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ जेठ, २०८३ मा प्रकाशित
बेरुजु फस्र्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा जोड
काठमाडौं, जेठ २९ :

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फस्र्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा जोड दिएको छ ।

सिहदरबारमा शुक्रबार बसेको समिति बैठकमा बेरुजुका विषयमा देखिएका समस्याका बारेमा छलफल पछि समिति सभापति भरतबहादुर खड्काले बेरुजु न्यूनीकरण गर्ने विषयमा समितिले आवश्यक सहयोग गर्ने भन्दै बेरुजु फस्र्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने बताएकी हुन् । 

उनले बेरुजु फस्र्यौटका लागि असुलउपर गर्नुपर्ने सवालमा पछि हट्न नहुने धारणा राखिन् । यसका लागि आवश्यक परे कानुनी प्रक्रिया समेत सुरु गर्न सकिने उनको भनाइ छ ।

बैठकमा बिभिन्न मन्त्रालयका सचिवहरुले आफ्ना मन्त्रालयको बेरुजु घटाउने योजनाका बारेमा जानकारी दिएका थिए । बैठकमा सदस्यहरुले भने करका दर हेरफेरका बिषयमा अर्थमन्त्रीको जवाफका विषयमा प्रश्न उठाएका थिए । समिति सदस्य वर्षमान पुनले यसअघिको नजिरलाई देखाउँदै कर संशोधन गरे भन्ने अर्थमन्त्रीको जवाफप्रति आपत्ति जनाए । यसबारेमा समिति गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

समिति सदस्य खगेन्द्र सुनारले अर्थमन्त्रीले करका  विषयमा सदनमा जानकारी गराइसकेको अवस्थामा यसलाई अनावश्यक रुपमा उछालिएको तर्क गरे ।

अर्थमन्त्रीको विषयमा विपक्षी सांसद र रास्वपा सांसदबीच सवालजवाफ हुने देखिएपछि सभापति खड्काले अर्थमन्त्रीका विषयमा उठेका प्रश्नको अन्य सत्तापक्ष सांसदहरुले जवाफ दिनु उचित नभएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार