आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार प्रदेश बागमती प्रदेश भिडियो

विपद् न्यूनीकरण र अग्नि सुरक्षाबारे कागेश्वरी मनोहरामा सचेतना कार्यक्रम

घरायसी आगलागी नियन्त्रणबारे महिलाको विशेष चासो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ जेठ, २०८३ मा प्रकाशित
विपद् न्यूनीकरण र अग्नि सुरक्षाबारे कागेश्वरी मनोहरामा सचेतना कार्यक्रम
काठमाडौं, जेठ ३१ :

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित एक दिवसीय विपद् न्यूनीकरण तथा अग्नि नियन्त्रण सम्बन्धी सचेतना तथा प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाको विपद् व्यवस्थापन शाखाको आयोजनामा शुक्रबार थलीस्थित नगरपालिका परिसरमा आयोजित कार्यक्रममा सम्भावित आगलागीका घटनालाई न्यूनीकरण गर्ने तथा विपद्का बेला अपनाउनुपर्ने सुरक्षाका उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।

प्रशिक्षणका क्रममा विपद् व्यवस्थापन विशेषज्ञ तथा प्रशिक्षकले आगलागीका विभिन्न प्रकार, तिनका कारण तथा नियन्त्रणका उपायबारे जानकारी दिएका थिए। साथै फायर नियन्त्रण यन्त्र (फायर एक्स्टिङ्गुइशर) को बनोट, सही प्रयोग विधि तथा बजारमा उपलब्ध आधुनिक ‘फायर बल’ को उपयोगिताबारे समेत सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार