सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डासहित नयाँ पार्टी, नेतृत्वमा दुर्गा प्रसाईं

एजेन्डालाई देशव्यापी रूपमा स्थापित गर्न प्रसाईं उपयुक्त नेतृत्व : धवलशमशेर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ जेठ, २०८३ मा प्रकाशित
राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डासहित नयाँ पार्टी, नेतृत्वमा दुर्गा प्रसाईं
काठमाडौं, जेठ ३१ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई स्थापित गर्ने उद्देश्यसहित नयाँ राष्ट्रवादी पार्टी गठन गर्न लागिएको बताएका छन्। उनले उक्त पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने जानकारी दिएका छन्।

आइतबार काठमाडौंको जमलस्थित होटल एल्लो पगोडामा आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई देशव्यापी रूपमा स्थापित गर्न प्रसाईं उपयुक्त नेतृत्व भएको बताए।

राणाका अनुसार प्रसाईं राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनस्तरमा स्थापित नेता तथा ब्राण्डका रूपमा परिचित भएकाले उनलाई पार्टी नेतृत्वको जिम्मेवारी दिने सहमति भएको हो। उनले नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई अघि बढाउने स्पष्ट पारे।

“राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई जोगाउन तथा सबै राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गर्न आवश्यक छ। यही क्रममा हाम्रो ध्यान दुर्गा प्रसाईंतर्फ गएको हो। उहाँ यो एजेण्डाका देशव्यापी नेता र ब्राण्ड हुनुहुन्छ,” राणाले भने।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई अपेक्षित रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै त्यसकै कारण नयाँ पार्टी गठनको आवश्यकता परेको दाबी गरे। नयाँ पार्टीको औपचारिक घोषणा र संगठन विस्तार सम्बन्धी कार्यक्रम छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार