सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार प्रदेश मधेस प्रदेश

नेपालले भारतको मात्र होइन, कसैको पनि सीमा मिचेको छैन : अध्यक्ष यादव

भारतले सीमा अतिक्रमणको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीले त्यस्तो दाबी गर्नु आश्चर्यजनक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ जेठ, २०८३ मा प्रकाशित
नेपालले भारतको मात्र होइन, कसैको पनि सीमा मिचेको छैन : अध्यक्ष यादव
फाइल तस्बिर ।
पर्सा, जेठ ३१ :

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको सीमा कहीँ पनि नमिचेको बताएका छन् । 

पर्सामा आज आयोजित कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राख्दै नेपालले भारतको मात्र होइन, कसैको पनि सीमा नमिचेको स्पष्ट पारे ।

उनले भने, 'मैले दुई पटक परराष्ट्र मन्त्रालय सम्हाल्ने अवसर पाएको थिएँ। त्यतिबेला सीमा विवादका विषयमा न त भारत सरकार न त भारतीय परराष्ट्र मन्त्रालयले नेपालले भारतीय भूमि मिचेको कुनै औपचारिक दाबी गरेन ।'

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतीय जग्गा मिचेको भनी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै यादवले भारतले हालसम्म नेपालमाथि सीमा अतिक्रमणको औपचारिक आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीले त्यस्तो दाबी गर्नु आश्चर्यजनक भएको टिप्पणी गरे ।

यादवले पछिल्लो निर्वाचनबाट जनताले जसपा नेपाललाई पाँच वर्ष सडकमा बसेर संघर्ष गर्ने भूमिका र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारी दिएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार