सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए #तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए
समाचार खेलकुद फुटबल

क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै विश्कपमा जर्मनीको सुखद सुरुवात

सक्रिय न्युज · सोमबार, १ असार, २०८३ मा प्रकाशित
क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै विश्कपमा जर्मनीको सुखद सुरुवात
काठमाडौं, असार १ :

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न  समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन  र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।

त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको  ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । 
यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार